झीनो अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

झीनो अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ ।

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४ दशमलब ६८ अंकले वृद्धि हुँदा १९ सय ३२ दशमलब ३३ अंकको विन्दुमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङसहित होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएपनि लघुवित्त, हाइड्रेपावर उत्पादनमूलक लगायतका उपसूचक बढ्दा नेप्से सामान्य वृद्धि भएको छ ।

बुधबार म्युचुअल फण्ड उपसूचक शून्य दशमलब ६२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक शून्य दशमलब ४६ प्रतिशत र बैंकिङ उपसूचकमा गिरावट भएको छ । यता व्यापार उपसूचक सर्वाधिक ४ दशमलब ९७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक १ दशमलब २२ प्रतिशत र विकास बैंक उपसूचक १ दशमलब १४ प्रतिशतले ओर्लियो । नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

करिब १८०० अंकको विन्दुमा सेयर किनेका लगानीकर्ताले बुधबार नाफा बुक गर्न खोज्दा नेप्सेमा तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि बढेको हो । मंगलबार करिब २ अर्बको कारोबार भएको बजारमा बुधबार बढेर २ अर्ब ३६ करोड ८८ लाखको सेयर कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);