नेप्से परिसूचकमा ११.८१ अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेप्से परिसूचकमा ११.८१ अंकको गिरावट

काठमाडौं । लागातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेको छ ।  बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ०.६० प्रतिशतले सेयर बजार घटेको हो ।

मंगलबार भने  सेयर बजार ५९.८७ अंकले वृद्धि भएको थियो । साथै, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ ।

यस्तै, नविल बैंक र रिडी पावर कम्पनीको आठ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  यता, सेन्ट्रल फइनान्स, प्रभु जीवन बिमा र द्यौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको र साथै खप्तड लघुवित्त र सृजनसिल लघुवित्तको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।

कुल ६० कम्पनीको सेयर मूल्य उकलो लागेको छ भने १४९ कम्पनीमा ओरालो लागेको छ । पाँच कम्पनीको मूल्य स्थिर छ । आज १३ उपसुचकमध्ये ५ कम्पनीको मूल्य उकालो लागेका छ । सबै बाँकी सबै सुचकहरूको मूल्य घटेको नेप्सेले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);