काँग्रेसका नेताहरु प्रतिपक्षको भुमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेका छन्ः केपी ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काँग्रेसका नेताहरु प्रतिपक्षको भुमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेका छन्ः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेताहरु प्रतिपक्षको भुमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको टिप्पणी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले निर्वाचनबाट एमालेलाई सरकार गठनको मत नपाएकाले रुची नराख्दा पनि काँग्रेसले सरकार गठन नगरेपछि संविधानको रक्षा गर्न प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सारेको प्रष्ट पार्नुभयो । उहाँले संसदमा काँग्रेसका व्यवहारहरु बुझिनसक्नुको रहेको भन्दै काँग्रेस यतिबेला पानी बिनाको माछो झैँ छट्पटाइरहेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत भएको जिकिर गर्नुभयो । उहाँले संसदजस्तो सार्वजनिक पदमा भने राष्ट्रिय सहमति नगर्नुले काँग्रेसले ढोक्सा थापेर अहिलेको गठबन्धनलाई तोड्ने काममा लागिपरेको प्रष्ट भएको बताउनुभयो । काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत राष्ट्रपतिको निर्वाचनमा समस्या खडा गर्नु रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

सर्वोच्च अदालतकोे निर्णयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्याय भएको उहाँको दाबी थियो । फैसलाबाट कसलाई न्याय भयो भन्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।

राजनीतिक मुद्दाहरु फिर्ता लिइ राजनीतिक बन्दीहरुको रिहाईको प्रसंग उठिरहेको भन्दै यसमा सरकारले छिटो निर्णय लिनु पर्ने उहाँको भनाइ थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);