नवनिर्वाचित सांसदहरुलाई आज पनि अभिमुखीकरण तालिम | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

नवनिर्वाचित सांसदहरुलाई आज पनि अभिमुखीकरण तालिम

काठमाडौँ, २० माघ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा हिजोबाट सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न हुँदैछ । अभिमुखीकरण कार्यक्रममा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसदहरूलाई संसद बैठकमा मान मर्यादाका बारेमा अग्रजहरूले जानकारी गराउने तथा अनुभव साट्ने अवसर सचिवालयले जुटाएको हो ।

आइतबारको कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ आफ्ना अनुभव सुनाएका थिए । आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पूर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीलगायतले अनुभव साट्ने संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply