लागूऔषध प्रयोग तथा जोखिम न्यूनिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

लागूऔषध प्रयोग तथा जोखिम न्यूनिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा, २५ फागुन । नेपाल सरकार, गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखाको लागूऔषध मौखिक प्रतिस्थापन उपचार केन्द्र सुधार कार्ययोजना २०७७-०७८ अनुरुप लागूऔषध प्रयोग तथा जोखिम न्युनिकरणका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो पोखराले सेभ द चिल्ड्रेन र रिकभरिङ नेपाल संस्थाको सहकार्यमा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो ।

उक्त अभिमुखीकरणमा सहभागी प्रहरी कर्मचारीहरुलाई प्रहरी निरीक्षक टेक बहादुर रावत र मौखिक प्रतिस्थापन विधि विशेषज्ञ डा. विशालमणी पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर खत्रीले थाहाँ पाएर वा नपाएर गरिने पहिलो प्रयोग नै लागूऔषध दुर्व्यसनीको आधार भएकाले अनुभवका लागि कसैले पनि यसको प्रयोग गर्न नहुने बताउदै लागूऔषधजन्य घटनामा कमि ल्याउन प्रहरीले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

रिकभरिङ नेपाल गण्डकी प्रदेशका अध्यक्ष शिव न्यौपाने, प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङ लगायतको उपस्थिति रहेको उक्त प्रशिक्षण संघीय प्रहरी इकाइ कार्यालय पोखराको सभाहलमा सम्पन्न भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);