अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दैगयो : प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दैगयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्रको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गर्नुभएको हो ।

सन्देशमार्फत सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेलाई प्रचण्डले आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय, सहकार्य र सह–अस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्नसमेत आग्रह गर्नुभएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);