प्रतिनिधिसभा सदस्यका लागि अभिमुखिकरण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रतिनिधिसभा सदस्यका लागि अभिमुखिकरण सुरु

काठमाडौं, १९ माघ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । संघीय संसद सचिवालयले आज र भोलि बिहान ११ बजेदेखि ४ बजेसम्म अभिमुुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पूूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पुर्व सांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । दुईदिने अभिमुखिकरण तालिमले नयाँ सांसदहरुलाई उपलब्धिपुर्ण हुने विश्वास सचिवालयले लिएको छ ।

संसदीय मुल्यमान्यता र गतिविधिबारे जानकारी गराउन र संसदीय अनुशासनको परिपालनाका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);