काठमाडौंका सडकमा ‘नेपाल गौरव यात्रा’को झलक | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

काठमाडौंका सडकमा ‘नेपाल गौरव यात्रा’को झलक

काठमाडौं। काठमाडौंको माइतीघरमा चौथो ‘नेपाल गौरव यात्रा’ मनाइएको छ । विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइन्छ । २०औं शताब्दीको ६०औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो। यही क्रममा नेपालमा पनि चौथो पटक गौरव यात्रा निकालिएको हो।

यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूसम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छ  गौरवको महिनाको अवसरमा मनाइने उत्सव गौरव यात्रा (प्राइड परेड) हो । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूप्रति हुने सामाजिक लान्छनालाई तोडेर पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरी नै गौरव यात्रा आयोजना हुने गर्छ । यो एउटा उत्सवजनक ¥याली हो।

नेपालमा गौरव यात्रा
नेपालमा ०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो। नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूसम्बन्धी सार्वजनिक कार्यक्रम र उपस्थिति वृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो। स्टोनवाल विद्रोहको ५०औँ स्मरण दिवसको भोलिपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछि जून महिनाको दोस्रो सनिबार प्रत्येक वर्ष गौरव यात्रा आयोजना गर्ने निर्णय भयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);