काठमाडौं, १९ माघ । आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ः१५ बजेबाट सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा बोलाइएको हो ।
बैैठकमा सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन नयाँ संघीय संसद भवन परिसरमा निर्माण भइरहेको संघीय संसद सचिवालय पुस्तकालयको स्थलगत अवलोकनबाट देखिएका विषयहरूका सम्बन्धमा शहरी विकास मन्त्रालयका सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।