विश्वविद्यालयहरु दलीयकरणको मारमा परेः सांसद जितेन्द्रनारायण देव | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

विश्वविद्यालयहरु दलीयकरणको मारमा परेः सांसद जितेन्द्रनारायण देव

काठमाडौं । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलवार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठूलो बनेको बताउनु भयो । उहाँले विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताउनु भयो ।

उहाँले विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताउनु भयो । उहाँले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिष्पर्धामा पछि परिरहेको बताउनु भयो । उहाँले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

समितिको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की राष्ट्रिय सभा सांसद गंगाकुमार बेल्वासेले शिक्षामा सार्क राष्ट्रहरुमध्ये नेपाललाई आकर्षणको केन्द्र बनाउनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै त्यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);