होसियार ! अब पोखराका यी क्षेत्रका सडकमा पार्किङ गर्न पाइदैन् | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

होसियार ! अब पोखराका यी क्षेत्रका सडकमा पार्किङ गर्न पाइदैन्

काठमाडौं, १७ माघ । पोखराका मुख्य केही स्थानमा सवारी पार्किङ गर्न अब नपाइने भएको छ । पोखरा महानगरपालिकाले मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ निषेध गर्न नदिने निर्णय गरेको हो ।

सोमबार जारी गरेको सूचनामा मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने उल्लेख गरिएको छ ।

महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);