रास्वपा महामन्त्री भन्छन् : गृह मन्त्रालय हाम्रो हो, अन्य दललाई निर्णय गर्ने अधिकार दललाई छैन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रास्वपा महामन्त्री भन्छन् : गृह मन्त्रालय हाम्रो हो, अन्य दललाई निर्णय गर्ने अधिकार दललाई छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दलहरुको कुनै अधिकार नभएको दाबी गरेका छन् ।

आइतबार केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ढकालले ‘समस्या जुन आएको थियो, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको समस्या हो । अन्य दलहरुमा आएको होइन, त्यसैले अन्य दलहरुले समस्याको रुपमा लिन जरुरी छैन’ उनले भने, ‘यो हाम्रो समस्या भएको कारणले र हामीले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’ उनले थपे

ढकालका अनुसार अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने भन्ने बिषयको टुंगो लगाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);