खम्म खत्री ,११ चैत्र अछाम ।
घरको वरिपरी हरियो गहु संगै पहेलो तोरीवारी छ नजिकै बुढिगंगा नदी सुसाइरहेको छ । सडक छेउमै रहेको दुई तले घर छतभरी माहुरीका घारहरु छन । दिनको १२ वजेको समय काहुरीको भुनभुनावट संगै एक जना किशोरी माहुरीले नटोकुन भनेर हातमा पञ्जा र टाउकोमा जाली सहितको टोपीको सहायताले माहुरीको हेरचाह गरिरहनु भएको छ ।
गाउकै हिमालय उच्च माविमा १२ कक्षामा अध्ययन गर्दै गरेकी साफेवगर नगरपालिका ६ खाल्सैनकी २० वर्षिया निशा बुढा १० वजे स्कुल जानुहुन्छ २ वजे स्कुलवाट फर्केर फेरी माहुरीकै स्याहार सुसारमा लाग्नुहुन्छ । उहाले आफ्नो पढाई संगसंगै मौरीपालन व्यवसाय पनि सुरु गर्नुभएको छ । मौरीपालन सजिलो र सहज रहेछ,‘धेरै समय पनि दिनु पर्दैन दिनमा आधा एक घण्टा हेरविचार गर्दा काफी हुन्छ’ निशाले वताउनुभयो ।
किशोरी संञ्जालवाट छनौट भएपछी मंगलसेनमा तालिम लिईयो । मौरीको कसरी स्याहार सुसार गर्ने, जंगली जनावर तथा अरिंगालवाट कसरी जोगाउने, सवै सिकियो काम गर्न सजिलो छ माहुरी पालन गर्न अरु पेसा भन्दा सजिलो छ अव ब्यवसायिक बन्छु’ । फुल फुल्ने सिजनमा खासै अफ्ठेरो हुदैन बेसिजनमा भने उनिहरुको आहारा व्यवस्था मिलाउनु पर्छ । सिजनमा १५ दिनमै मह काढ्न मिल्ने बेसिजनमा भने दुई तिन महिना कुर्नु पर्छ उहाले वताउनु भयो
मौरीपालनको लागी चाहिने सम्पुर्ण सामाग्री सहित मेलिफेरा नामको १० घार मौरी छ, आगामी दिनमा व्यवसायलाई बढाउदै लैजाने सोच छ । मौरीका घार तथा मह उत्पादन गरि सफल व्यवसायी बन्ने रहर छ निसाले बताउनुभयोे ।