काठमाडौं, १२ माघ । आज ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक ३ घण्टा पछि सारिएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
अब बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको छ ।
बैठकमा सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनःगठन लगायतका विषयमा पनि छलफल हुनेछ ।
बैठकले पार्टी केन्द्रीय समितिको बैठकको समेत मिति तोक्ने छ ।