कहाँ अड्कियो जसपा–एकीकृत समाजवादीको एकता ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कहाँ अड्कियो जसपा–एकीकृत समाजवादीको एकता ?

काठमाडौं, १२ माघ । पार्टी एकताको चर्चा चलेको दुई पार्टी नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच अझै कुरा मिल्न सकेको छैन् । पार्टी एकीकरणका लागि दुवै पार्टी एक अर्काको दस्तावेज अध्ययनमा जुटेका छन् ।

पछिल्लो समय गत शुक्रबार बसेको दुई दलबीचको वार्तापछि एकअर्काको पार्टीको दस्तावेज लिएर अध्ययन सुरु गरेका थिए । दुई पार्टीको राजनीतिक लाइन धेरै ठाउँमा मिलेपनि विचारधारामा पुगेर अड्किएको स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीको दस्तावेजमा विचारधारा हार्डलाइनर कम्युनिष्ट विचारधारा रहेको छ भने जसपाको राजनीतिक दस्तावेज वामपन्थी विचारसँग मेल खाने छ । दुई पार्टीको फरक विचारलाई कसरी अघि बढाउने भन्नेबारे नेताहरुबीच छलफल भइरहेको छ । जसपाले कम्युनिष्ट विचारसँग नभई नाममा आपत्ति जनाएको छ । पार्टीको नाम र अन्य दस्तावेजमा कम्युनिष्ट शब्द राख्न जसपाले चाहेको छैन् । एकीकृत समाजवादी पार्टी कम्युनिष्ट शब्द छाड्ने पक्षमा अझैसम्म नआएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);