आज वसन्ती पन्चमी, सरस्वतीको पूजा गरेर मनाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज वसन्ती पन्चमी, सरस्वतीको पूजा गरेर मनाइदै

saraswoti puja

काठमाडौं, १२ माघ । आज वसन्त पन्चमी हो । आज विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरेर मनाइन्छ । सरस्वतीको पूजा नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । प्राचीन भारतवर्षमा प्रसिद्ध वेदाङ्ग ज्योतिष अनुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ अयन, एक अयनमा ३ ऋतु, एक ऋतुमा २ महिना, एक महिनामा २ पक्ष र एकमा १५ दिन हुने र एक दिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ ।

वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् । वसन्त सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ऋृतु हो । जब फूलहरूमा बहार हो, जौ र गहूँका बालीहरू लहलहाउँछ । आँप आदीका रुखहरूबाट नयाँ पालुवा पलाउँछ । पुष्पबाट सुगन्ध फैलिन्छन् र चारैतिर रंग–बिरंगी पुतलीहरू उड्न थाल्छन । कोकिल कुहु कुहु गर्दछन् । यो बेलामा पहिला राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो ।

शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण–शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग–अलग ढङ्गले यसको चित्रण पाइन्छ । यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ । सर्वप्रथम त यसले त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढेका थिए । यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दण्डकरण्य पनि थियो । यही शवरी नामक तपस्विनी रहन्थिन् । जब राम उनको कुटीमा पुगे, उनले सुध–बुध हराई र चाखेर मीठा बयर फल रामलाई खुवाउन लागिन् । प्रेममा जुठा बयरहरू खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरूले आ–आफ्नो ढंगमा प्रस्तुत गरेकाछन् । दण्डकरण्यको त्यो क्षेत्र अचेल गुजरात र मध्य प्रदेशमा फैलिएकोछ । गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो । वसन्त पञ्चमीको दिन नैं राम त्यहाँ पुगेका थिए । त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए । त्यहाँ शबरी माताको मन्दिर पनि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);