काठमाडौ,१२ पुस । तुल बहादुर तामाङ आफुलाई अमेरिकन आर्मी भएको बताउँथे । भुकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेको बाबु सहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुई लगाउँथे । उनको जीवनशैली र हाउभाउ भने कुनै धनी परिवारको सदस्यको झैं लाग्थ्यो ।
जसलाई जे बताएपनि सिन्धुपाल्चोकको माङखा घर भएका तुल बहादुर काठमाडौंमा भाडाको ट्याक्सी चलाउँथे । बचेको समय भने फेसबुक चलाउँथे ।