विवादको केन्द्रमा राष्ट्रपति ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

विवादको केन्द्रमा राष्ट्रपति ट्रम्प

यसवर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ । उहाँको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उहाँलाई बढी विवादास्पद राष्ट्रपतिका रुपमा चित्रण गरेका छन् । हुन त आफ्नो निर्वाचनको एजेण्डाका रुपमा अघि सार्नुभएका नीतिहरुकै घोषणा उहाँले गर्नुभएको हो तर ती कुनै पनि विवादरहित भने बन्न सकेनन् । गोरखापत्रमा खबर छ
अघिल्ला वर्षहरुजस्तै अमेरिकामा सन् २०१७ मा पनि राजनीतिक र कूटनीतिक दाउपेचले निरन्तरता पायो । त्यसमा पनि विश्वको सबैभन्दा शक्तिशाली मानिएको अमेरिकी राष्ट्रपति चर्चाको शिखरमा रहनु स्वाभाविकै हो । अमेरिका सधैँजसो चर्चाको विषय नै बन्ने गरेको भए तापनि यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै क्रियाकलापले गर्दा अमेरिका थप विवाद र चर्चाको विषय बन्न पुग्यो ।
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);