पर्वले सामाजिक सद्भावना बढाउँदै आएको छ : देउवा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

पर्वले सामाजिक सद्भावना बढाउँदै आएको छ : देउवा

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् ।

स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उनले विश्वास लिएका छन् ।
सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरेका छन् ।

सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदै उनले यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन् ।

 

Leave a Reply

ताजा समाचार