सोनाम ल्होछारको अवसरमा ओलीको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सोनाम ल्होछारको अवसरमा ओलीको शुभकामना

काठमाडौं, ८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन् । सोनाम ल्होछार पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने उनले विश्वास लिएका छन् ।

पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको बताएका छन् ।

अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पूँजीको रुपमा रहेको उल्लेख गर्दै एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उनले जोड दिएका छन् ।

लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रुपमा व्यवहारमा अनुदित गर्न चाहेको उनले उल्लेख गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);