क्रिस हिपकिन्स न्युजिल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

क्रिस हिपकिन्स न्युजिल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । न्युजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा क्रिस हिपकिन्स नियुक्त हुने निश्चित भएको छ ।

वर्तमान प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने घोषणा गरेसँगै हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

न्युजिल्याण्ड लेबर पार्टीका सांसद हिपकिन्सले आगामी महिनादेखि सरकारको नेतृत्व गर्ने बताउनु भएको छ । क्रिस हाल प्रहरी, शिक्षा र सार्वजनिक सेवा मन्त्री हुनुहुन्छ । २०२० मा कोभिड मन्त्री नियुक्त भएका हिपकिन्स सन् २००८ मा पहिलो पटक सांसद निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

प्रधानमन्त्री बन्नुअघि उहाँको दलको प्रस्तावलाई आइतबार प्रतिनिधिसभाले औपचारिक रुपमा अनुमोदन गर्ने जनाइएको छ । प्रतिनिधि सभाले अनुमोदन गरे आगामी फेब्रेअरी ७ मा उहाँले सत्ताको नेतृत्व गर्ने जनाइएको छ । मुद्रास्फीति र बढ्दो सामाजिक असमानतालाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री आर्डर्नले राजीनामा दिएसँगै हिपकिन्सले सोही मुद्दामा थप चुनौतीको सामाना गर्नुपर्ने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);