बेलायती प्रधानमन्त्री ऋषि सुनकले सिटबेल्ट बाध्न बिर्सिएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बेलायती प्रधानमन्त्री ऋषि सुनकले सिटबेल्ट बाध्न बिर्सिएपछि…

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले सिटबेल्ट नबाँधेको आरोपमा जरिवाना गरेको छ ।

गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले जरिवाना गरेको हो । प्रधानमन्त्री कार्यालय ’टेन डाउनिङ स्ट्रिट’ ले प्रधानमन्त्री सुनकले सानो भिडियो बनाउनका लागि सिटबेल्ट खोलेको बताएको छ ।

प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गरेको र यसका लागि उहाँले माफीसमेत मागेको जनाएको छ । उहाँ यो मान्नुहुन्छ कि सबैले सिटबेल्ट लगाउनुपर्छ ।’ विज्ञप्तिमा भनिएको छ । बेलायतमा कारमा सिटबेल्ट नलगाएमा १०० पाउन्ड जरिवाना तिर्नुपर्छ । यदि कसैले जरिवाना तिर्न नमानेमा वा मुद्दा अदालतसम्म पुगेमा भने उक्त जरिवाना ५०० पाउन्डसम्म पुग्ने गर्दछ । भिडियो बनाउनेबेला प्रधानमन्त्री सुनक उत्तरी इंग्ल्यान्ड भ्रमणका क्रममा ल्यांकाशर पुग्नु भएको थियो ।

भिडियोमा प्रधानमन्त्री सुनक अर्थव्यवस्था सुधारका लागि स्थानीय स्तरमा लगानी बढाउँदै नयाँ रोजगारी सिर्जनामा लागेको बताउनुभएको छ । सुनक सरकारमा रहेकै बेला दोस्रो पटक जरिवानामा पर्नुभएको हो । यसअघि तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनसँगै कोरोना नियन्त्रणका लागि लागू लकडाउनको नियम तोडेको आरोपमा उहाँलाई जरिवाना गरिएको थियो । सन् २०२० मा जोनसन र उहाँकी पत्नीमाथि जन्मदिनको पार्टी आयोजना गरेको आरोप लागेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);