ऋषि सुनकले इजरायल पुगेर भने–कठिन समयमा सँगै छौं | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

ऋषि सुनकले इजरायल पुगेर भने–कठिन समयमा सँगै छौं

काठमाडौं, २ कात्तिक । इजरायल र हमासबीचको युद्धको आज १३ औं दिन हो । बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलसँग ऐक्यबद्धता जनाउन तेल अविव पुगेका छन् ।

यहाँ उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति इसाक हर्जोगसँग भेट गर्नेछन् । यसैबीच, रक्षा बलहरूले भनेका छन् ‘हमासको एकमात्र महिला नेता जमिला अल–शान्ती गाजामा उनीहरूको आक्रमणमा मारिएको छ ।’

उनी हमासका सह–संस्थापक अब्देल अजिज अल–रन्तिसीकी पत्नी थिइन्। सन् २००४ मा दोस्रो इन्टिफादाको समयमा इजरायली आक्रमणमा रन्तिसी मारिएका थिए । जमिला २०२१ मा हमासको राजनीतिक ब्यूरोको सदस्य बनिन्।

इजरायलले अबेर राती लेबनानमा हिजबुल्लाह स्थानहरूमा आक्रमण गरेको थियो। इजरायलको रक्षा बलले यी आक्रमणहरूमा इरानको रिभोलुसनरी गार्ड्स कोरका पूर्व कमाण्डर कासिम सुलेमानीको स्मारकलाई निशाना बनाएको दाबी गरेको छ। वास्तवमा, कासिम सुलेमानी इरानका प्रसिद्ध कमाण्डरमध्ये एक थिए। उनले सन् २०२० मा अमेरिकी आक्रमणमा ज्यान गुमाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);