अमेरिका–बेलायतले आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

अमेरिका–बेलायतले आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह

इजरायल, २ कात्तिक । हमास युद्धको १२औं दिनमा अमेरिका, फ्रान्स र बेलायतले आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह गरेका छन् । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार युद्धको दायरा बढ्दै गएको देखेर अमेरिका र बेलायतले पनि आफ्ना नागरिकलाई लेबनान नजान अपील गरेका हुन् ।

बेलायतले आफ्ना नागरिकहरूलाई त्यहाँबाट उडानहरू नहुँदासम्म छाड्न भनेको छ । यसैबीच अमेरिकालेपनि बेरुतमा तैनाथ कूटनीतिज्ञका परिवारलाई लेबनान छोड्न पनि भनेको छ । वास्तवमा, इजरायलले अक्टोबर ७ मा प्रतिशोधात्मक कारबाही गरेदेखि लेबनानी आतंकवादी संगठन हिजबुल्लाहले इजरायलमा आक्रमण गरिरहेको छ ।

हिजबुल्लाहले इजरायलले गाजामा बमबारी बन्द नगरे उनीहरू पनि युद्धमा जाने धम्की दिएको छ । यसअघि राति गाजा सहरको अहली अरब सिटी अस्पतालमा रकेट हमलामा ५०० जनाको मृत्यु भएको समाचार बाहिर आएको थियो । हमासले आक्रमण इजरायलले गरेको दाबी गरेको छ । यसैबीच इजरायलले अस्पतालमा भएको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);