बालेन र विशाल भण्डारीको सामाजिक सञ्जालमा चल्यो जुहारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बालेन र विशाल भण्डारीको सामाजिक सञ्जालमा चल्यो जुहारी

काठमाडौं, ७ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र कमेडी क्लब विथ च्याम्पियनका निर्माता विशाल भण्डारी बीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । भण्डारीले साहलाई सोधेको प्रश्नमा मेयर साहले गैरजिम्मेवारी पुर्ण जवाफ फर्काएको देखिन्छ ।

भण्डारीले भत्काउनबाहेक बनाएको केही देखिएन भन्ने प्रश्न सोधेकोमा साहले दारु खाएकोसमेत आरोप लगाएका छन् । साहले काम गरिरहेको मान्छेलाई दारु खाएर राति–राति दुख दिन नपाइने पनि लेखेका छन् । विशालले कमेन्टमा प्रतिक्रिया दिँदै आफू ३२ नम्बर वडाको भोटर भएको समेत उल्लेख गरेका छन् ।

बालेनले कमेन्टमा लेखेका छन्,‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);