म भ्रष्टाचार गर्दिन, भ्रष्टाचारीलाई मन्त्री बनाउन समस्या पनि छैन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म भ्रष्टाचार गर्दिन, भ्रष्टाचारीलाई मन्त्री बनाउन समस्या पनि छैन ( भिडियो रिपोर्ट )

सन्दिप रिजाल \ माउण्टेन टेलिभिजन एच्डी। 

काठमाडौँ, माघ ७।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेताहरुलाई गाउँ जाँदा चोर आयो भन्छन् भन्दै व्यङ्ग गर्नुभएको थियो । यता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पुराना दल र नेताहरु सत्तामा पुगेपछि स्वार्थमा लिप्त भएको भन्दै खरो शैलीमा उत्रिहुन्थ्यो। चुनावका बेला उहाँहरु जहाँ जानुहुन्थ्यो त्यहाँ आफुहरु राजनीति बदल्न आएको भन्दै चर्को कुरा गर्नुहुन्थ्यो । निर्वाचनमा जनताले उहाँहरु दुवैलाई सोचे भन्दा बढी मत दिएरै पठाए ।

दुवै दलको सरकार गठनमा निर्णायक भूमिका बन्यो र सरकारमा पनि सहभागी हुनुभयो । तर, सरकरमा सहभागी बन्दा जनतामा गरेको बाचा बिर्सेर पुरानै प्रवृती देखाउन थाल्नुभयो । राप्रपाबाट लिङ्देनले सिक्टा सिंचाई आयोजना निमार्णमा गुणस्तरहिन काम गरेको विषयमा अख्तियारले भ्रष्टाचारको अभियोगपत्र नै दर्ता गरेका विक्रम पाण्डेलाई सहरी विकास मन्त्रालयमा पठाउनुभयो । नागरिकता विवादमा परेर प्रहरीको अनुसन्धानमा रहनुभएका रास्वपाका अध्यक्ष रवि लामिछाने आफै स्वार्थ बाँझिने गृह मन्त्रालयमा हुनुहुन्छ। लामिछानेले म्यानपावर व्यवसायी डोरप्रसाद अर्याललाई स्वार्थ बाँझिने श्रम मन्त्रालयमा पठाउनुभयो । उहाँको सृष्टी ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजमा लगानी छ। छाति पिट्दै क्रान्तिकारी कुरा गरेर परिर्वतनको बिगुल फुक्न आएको बताउनेहरु सरकारमा पुग्न नपाउँदै उही पुरानै प्रवृत्ति देखाइरहेका छन् ।

सहरी बिकास मन्त्री पाण्डेलाई सिंटा सिंचाई आयोजनामा गुणस्तरहीन काम गरेको अरोप मात्रै छैन । १ अर्ब ९० करोडको गोकर्णदेखि भत्केको पुलसम्मको सडक र १ अर्ब ५ करोडको नख्खु खोला करिडोरसहित राजधानीकै सडक आयोजना अलपत्र पारेको आरोप छ। पाण्डे सञ्चालक रहेको कालिका कन्ट्रक्सनले देशभर ५७ अर्बको ठेक्काको काम गरीरहेको छ। यसरी स्वार्थ बाँझीएका व्यक्तीहरु नै परिवर्तनका बिगुल फुक्न आएको बताउने दलबाटै मन्त्रीहुन पुग्नु भनेको देशको लागि दुर्भाग्य हो ।

विगतमा लाभ लिदै आएको क्षेत्रमा रहेकाहरु सम्बन्धित मन्त्रालयमा मन्त्री बन्नुले आशंकाहरु जन्माएको छ। यसले स्वार्थ बाझिने अर्थात् कन्फ्लिक्ट अफ इन्टेरेस्टलाई बेवास्ता गरेको प्रष्ट छ । यसले राजनीतिमा भ्रष्टाचारको फरक शैली र सम्भावनालाई बढाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);