बालेनको प्रचण्डसँग टकराव बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बालेनको प्रचण्डसँग टकराव बढ्यो

काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको टकराव बढेको छ । उनले आजबाट सिंहदरबारको फोहोर नउठाउने भन्दै प्रचण्डलाई घुमाउरो तरिकाले चेतावनी दिएका छन् ।

आक्रोशित तरिकाले बालेन साहले सरकारले फोहोरको व्यवस्थापनमा सहयोग नगरेको समेत टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्ः आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।

देश सफा गर्न नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी समेत गरेका छन् । उनको यो अभिव्यक्तिले सामाजिक सञ्जाललाई तरंगित पारेको छ ।

बालेन साह बेला बेलामा विवादास्पद अभिव्यक्ति दिइरहन्छन् । काठमाडौं उपत्यकाको फोहोरमा राजनीति हुँदा सिस्डोलको ल्याडफिड साइड अझै व्यवस्थित हुन सकेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);