चीनको अनुदान र चिनियाँ कम्पनीको ठेक्कामा बनिरहेका पूर्वाधार आयोजना समयमै सक्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

चीनको अनुदान र चिनियाँ कम्पनीको ठेक्कामा बनिरहेका पूर्वाधार आयोजना समयमै सक्न आग्रह

काठमाडौं, २५ चैत्र । नेपालले चीनको अनुदान र चिनियाँ कम्पनीले ठेक्का पाएका नेपालका पूर्वाधार विकास आयोजनाहरु समयमै सक्न आग्रह गरेको छ । यस्ता आयोजनाहरु निर्माणमा ढिलाई गरेपछि नेपालले त्यस्तो आग्रह गरेको हो ।

बेइजिङमा शुक्रवार भएको नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठकमा नेपाली पक्षले विकास आयोजनाहरु समयमै नसकिएकोतर्फ ध्यानाकर्षण गरायो । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्ष र कम्पनीबाट निर्माण भइरहेका आयोजनाको प्रगतिबारे समिक्षा भएको र कामलाई गति दिई समयमै सम्पन्न गर्ने सहमति भएको छ ।

नेपालका तर्फबाट विदेश सचिव भरतराज पौड्याल र चीनका तर्फबाट उपविदेशमन्त्री सन वीडोङले संन्यत्रको बैठकमा पूर्वाधार विकासमा भएका ढिलासुस्तीको समिक्षा गरेका थिए ।

नेपालमा अधिकांश ठूला पूर्वाधार विकासका आयोजनाहरुमा चिनियाँ कम्पनीले ठेक्का पाएको छ । तर, उसले समयमा काम सम्पन्न गर्न सकेको छैन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडकखण्ड चाइना स्टेट कम्पनीले २०१९ देखि निर्माण गरिरहेको छ । निर्माण अवधि सकिइसक्दा पनि २५ प्रतिशत काम पनि पूरा भएको छैन । ११४ किलोमिटर उक्त सडक खण्डमा १७ अर्ब नेपाली रुपैयाँ एशियाली विकास बैंकको ऋण सहयोगमा बनिरहेको छ ।

चिनियाँ कम्पनीले काठमाडौं निजगढ फाष्ट ट्रयाकका विभिन्न प्याकेजको निर्माण ठेक्का पाएपनि समस्या देखिएका छन् । निर्माण कम्पनीहरु एकपटक निलम्बनमा परिसकेका छन् ।

चिनियाँ कम्पनीहरु काममा ढिलाई र गुणस्तरको समेत प्रश्न उठ्दा आलोचित छन् । चीनले केही अनुदान र बाँकी नेपाली लगानीमा निर्माण भएको काठमाडौं उपत्यकाको रिङरोडका केही खण्डहरु समय अगावै बिग्रिएर पुनः निर्माण गर्नुपरिरहेको छ ।

नेपालले आफ्ना उत्पादनहरु चीनमा निर्वाध ठाउँ दिन आग्रह पनि गरेको छ । विशेषगरी चीया, कफी, कृषि उत्पादन, जडिबुटी, राँगाको पकाएको मासुलाई निर्वाध चिनियाँ बजारमा ठाउँ दिएर व्यापार घाटा कम गर्ने परिस्थिति निर्माणको विषय नेपाली पक्षले उठाएको बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);