व्यवसायमा आकर्षित हुँदै बाजुराका युवा | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

व्यवसायमा आकर्षित हुँदै बाजुराका युवा

mushroom kheti

काठमाडौ,११ पुस। बाजुरा जिल्लाका अधिकाँश युवाहरु पछिल्लो समयमा रोजगारीको सिलसिलामा ज्याला मजदुरी गर्न छिमेकी राष्ट्र भारत र अन्य विदेशी मुलुकमा जाने गरेका छन् । तर केही युवाहरु भने अर्काको देश विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा काम गरेर खानुपर्छ भनेर लागि परेका छन् ।

बाजुराको बडिमालिका नगरपालिका ८ का २८ वर्षिया धर्म रावलले सदरमुकाम मार्तडीमै बसेर च्याउ खेति व्यवसाय सूरु गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सुरुमा रावलले गाउँमा रोजगारी नपाउँदा जिल्ला प्रशासन कार्यालय बाजुरामा राहदानी फारम बनाएर काठमाडौका विभिन्न कम्पनि धाए । कम्पनिले ३ महिनापछि मात्र भिषा आउने बताएपछि रावल निरास भएर घर फर्किए र उनि च्याउ खेती गर्न लागेका हुन ।

उनले उत्पादन गरेको च्याउ बजारमा प्रसस्त मात्रामा विक्रि भईरहेको छ । च्याउ खेतीबाटै मासिक १० देखि २० हजार आम्दानी गरेर पढाई खर्च र घर धन्दा चलाउन सजिलो भएको उनको भनाई छ ।

रावल जस्तै स्वदेशमै केही गरेर खानुपर्छ भन्ने उदाहरणीय युवा हुन बुढीनन्दा नगरपालिका वडा नं.ं४ सिराडिका २६ वर्षिय युवा शंकर चँदारा । चँदाराले बंगुर पालन व्यवसाय गरेर मनग्य आम्दानी गरिरहेका छन् । चँदारा दुर्गम गाँउको एक सामान्य दलित परिवारमा जन्मेका एक युवा हुन् । चँदाराले ८ महिना अघि बाजुराको सदरमुकाम मार्तडीमा आएर ललित बंगुरपालन फार्म संचालन गरेका छन् । पछिल्लो समयमा बंगुरको मासु सदरमुकाममा अत्याधिक मात्रामा विक्रि हुने भएपछि बंगुर पालन व्यवसायनै रोजेको बताउनु भयो ।

pig farm

उनले साढे ४ लाख बढी रकम वंगुर पालन व्यवसाय गर्न खर्च गरेका छन् । उनले सुरुमा फर्म संचालन गर्दा ४ वटा बंगुर पालेर व्यवसायको सूरुवात गरेका थिए । अहिले चँदाराको बगँुर फार्ममा ठुला साना गरी ३६ वटा बंगुर पालेका छन् ।

विदेशमा भन्दा स्वदेशमै लगानी गरेर मनग्य आम्दानी गर्न सकिने सम्भावना बोकेर चँदाराले बंगुरपालन फर्म खोलेको बताउनु भयो । अहिले उनको फार्मबाट हप्तामा १ वटा बंगुर विक्रि गर्ने गरेका छन् । चँदारले अहिले महिनामा ४० हजार बढी रकम बंगुरको मासु विक्रि र बंगुरको एउटा पाडालाई विक्रि गरेर आम्दानी गर्ने गरेका छन् । चँदाराको यस व्यवसायबाट ३ तिन जना युवालाई रोजगार दिन सफल भएका छन् । यही व्यवसाय बाटै उनको १८ जनाको परिवारको गुजरा सहजै चलाउन सकेका छन् ।

यी जस्तै बाजुराका कतिपय युवाहरुलाई सरकारले सिपमुलक तालिम दिएर स्वदेशमै काम गर्ने बातावरण बनाउन सकेमा बाजुराका युवाहरुले विदेशीनु पर्ने बाध्यता हट्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);