फोरेन्सिक विज्ञहरु शव पहिचान गर्न पोखरा जादैं | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

फोरेन्सिक विज्ञहरु शव पहिचान गर्न पोखरा जादैं

काठमाडौं, २ माघ । आइतबार बिमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि फरेन्सिक विज्ञहरु काठमाडौंबाट पोखरा हिडेका छन् । विमानमा सवार ७२ जना मध्ये ६८ जनाको शव भेटिएकोमा २६ जनाको मात्रै पहिचान भएको छ । बाँकी चार जनाको खोजी कार्य तिव्र बनाइएको छ ।

त्रिवि अस्पतालका फोरेन्सिक विज्ञहरु डा.गोपाल चौधरी र डा.समारिका दाहाल पोखरा जाँदैछन् । मृत्यु भएकाको पहिचान तथा पोस्टमार्टमका लागि विज्ञ चिकित्सक समेटिएको राष्ट्रिय टिम बनाइने छ । जसमा पोखरा र काठमाडौंका चिकित्सकको टोली रहनेछन् । चिकित्सकहरुको राष्ट्रिय टिमले शवको पहिचान र पोस्टमार्टम गर्ने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले दुर्घटनामा परेका मृतकको फरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि उपत्यकाका अस्पताललाई ‘अलर्ट’ रहन समेत निर्देशन दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);