आज मन्त्रिपरिषदलाई पुर्णता दिने प्रधानमन्त्री दाहालको तयारी | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

आज मन्त्रिपरिषदलाई पुर्णता दिने प्रधानमन्त्री दाहालको तयारी

काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बेलुकासम्ममा मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आजसम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने प्रधानमन्त्री दाहालले आइतबार सम्पादकहरुसँगको छलफलमा जानकारी गराएका हुन् ।

आइतबार मन्त्रिपरिषदलाई पूर्णता दिएर सोमबार पूर्ण मन्त्रिपरिषदको बैठक बस्ने बताए । शनिबार ओलीसँग भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको सहमति जुटेको प्रधानमन्त्रीको भनाइ छ । मन्त्रिपरिषद्बारे छलफल गर्न शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका थियो ।

गत पुस ११ गते तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित शपथग्रहण गरेका प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);