गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित हुनु भएको छ ।

शनिबार प्रदेशसभामा भएको निर्वाचनमा धितालले ३२ मत पाउनु भयो । ६० सदस्यीय प्रदेशसभा मतदानमा ५८ जना सहभागी भएका थिए । धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र र्सांसद दीपक मनाङेले पनि मत दिनु भएको थियो ।

एमालेबाटै निर्वाचित भएका ज्येष्ठ सदस्य मित्रलाल बस्याल भने मत विभाजनमा सहभागी हुनु भएन । सभामुखमा नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिनुभएको थियो तर पराजित हुनुभयो । सत्तारुढ गठबन्धनबीच गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

गठबन्धनमा रहेका दलहरुको सहमति अनुसार मुख्यमन्त्री भने नेकपा एमालेका नेता खगराज अधिकारी चयन भई विश्वासको मत समेत पाइसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);