प्रदेश १ मा नयाँ तीन मन्त्रीले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रदेश १ मा नयाँ तीन मन्त्रीले लिए शपथ

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । आज तीन मन्त्रिले शपथ लिएसँगै प्रदेसमा सात सदस्यको मन्त्रिमण्डल बनेको छ ।

कार्कीले नेकपा माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाई र मोरङका जीवन आचार्य, एमालेबाट सोलुखुम्बूका बुद्धिकुमार राजभण्डारीलाई शपथ गराएका हुन् । आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सरकारमा सहभागिता जनाएको हो ।

आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई हुन् । आफुु भन्दा जुनियर भएको भन्दै आचार्यको विरोध जनाएका थिए । आज नियुक्ति भएका तीनैजनालाई तोक्न भने बाँकी छ । एमालेका तीलकुमारी मेन्याङ्बो,राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बु यसअघि मन्त्री बनिसकेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);