प्रदेश १ का मुुख्यमन्त्री हिक्मत कार्कीले आज शपथ लिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रदेश १ का मुुख्यमन्त्री हिक्मत कार्कीले आज शपथ लिदैं

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शपथ लिदैछन् । कार्कीले पद तथा गोपनियताको शपथ दिउँसो लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

कार्कीले आजै सानो आकारको मन्त्रीमण्डलसमेत गठन गर्ने बुझिएको छ । उनले आज एमाले, राप्रपा र माओवादी केन्द्रबाट एक एक जना मन्त्री नियुक्त गर्नेछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेस २९, नेकपा एकीकृत समाजवादी ४, एमालेका ४०, माओवादी १३, राप्रपा ६, जसपा एक सांसद निर्वाचित भएका छन् । एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी कार्कीले ६० सांसदको समर्थन पाएका छन् ।

झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);