काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिएका छन् । पोल्टी व्यवसायीहरुले भरतपुरमा आयोजना गरेको छलफलमा बोल्दै लामिछानेले जिल्लाका सुरक्षा निकायहरुलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिएका हुन् ।
व्यवसायीहरुले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । र,उनीहरुले आफूहरुको व्यवसायमा संकट उत्पन्न भएको भन्दै त्यता तिर ध्यान दिन अनुरोध गरेका थिए ।
छलफल कार्यक्रमबाटै लामिछानेले नेपालगन्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोनमार्फत आयात रोक्न निर्देशन दिएका हुन् ।