कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माले दाबी पेश गर्दै, एमाले अलमलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माले दाबी पेश गर्दै, एमाले अलमलमा

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी पेश गर्ने भएका छन् ।

शर्माले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीचको समर्थनमा मुख्यमन्त्रीमा प्रदेश प्रमुख तिलकप्रसाद परियारसमक्ष दाबी पेश गर्न लागेका हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले समर्थन गर्दैछन् ।

परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्रीका लागि माओवादी र एमाले तयारीमा जुटेको छ । दुई दलका नेताहरुबीच सरकारमा सहभागिताबारे छलफल हुँदै आएको भएपनि एमालेको मंगलबार बसेको बैठकले सरकारमा सहभागी हुने वा नहुने निर्णय लिने अधिकार संसदीय दलका नेता यामलाल कँडेललाई दिएको छ ।

४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ मत आवश्यक पर्छ । माओवादी केन्द्रका १३, एमालेको १० र राप्रपाका १ गरी सत्तारुढ दलसँग २४ मत हुन्छ । नेपाली कांग्रेसको सबैभन्दा धेरै १४ र एकीकृत समाजवादीको १ सिट र एकजना स्वतन्त्र सांसद छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);