मुख्यमन्त्रीमा क कस्को दाबी, कस्ले मार्ला बाजी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

मुख्यमन्त्रीमा क कस्को दाबी, कस्ले मार्ला बाजी ( भिडियो रिपोर्ट )

नवराज पौडेल \ माउण्टेन टेलिभिजन एचडी।

काठमाडौँ ,पौष २२ ।  बागमति प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि दाबी गर्न आह्वान गर्नुभएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ , नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ । पछिल्लो चर्चाअनुसार बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासहितको सरकार गठनको तयारी भैरहेको छ । मुख्यमन्त्रीमा तीनै दलका संसदीय दलका नेताहरु एमालेका जगन्नाथ थपलिया, माओवादी केन्द्रका शालिकराम जमकट्टेल र राप्रपाका उद्धब थापाले दाबी गरिरहेका छन् । कर्णालीमा पनि ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरिएको छ ।

बिहीबार प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको हो । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्वका लागि हानथाप चलिरहेको छ । दुई दलका नेताहरुले केन्द्रको ‘सिग्नल’ कुरिरहेका छन् । अहिले सम्म कसको नेतृत्वमा सरकार गठन हुने भन्ने कुरा केन्द्रबाट नआएकाले प्रदेशमा अन्योल भएको छ । यहाँ कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १–१ र एक जना स्वतन्त्र सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २१ सिट आवश्यक पर्दछ । एमाले, माओवादी र राप्रपाको गरी २४ सिट हुन्छ । त्यसैगरी लुम्बिनी प्रदेशमा पुस २७ गते भित्रै मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुस २७ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरूलाई आग्रह गर्नुभएको हो । योसँगै अब लुम्बिनीमा सत्तासिन

दल नेकपा एमालेकी लिला गिरी वा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरामध्ये मुख्यमन्त्री को हुने भन्ने चासोको विषय बनेको छ। मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी छ ।

लुम्बिनी प्रदेश सभामा कुल ८७ सदस्य छन् । बहुमत पु¥याउन ४४ सांसद चाहिन्छ । यहाँ सत्ता गठबन्धन दलहरू एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जसपा र जनमत पार्टीका ३–३ जना सांसद छन् । यो गठबन्धनको ५२ जना सांसद छन् । जुन सरकार गठनका लागि प्रयाप्त हो । विहिबार नै गण्डकी प्रदेशमा पनि सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाँच दिनको समय दिएर प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको हो । मुख्यमन्त्री दाबी गर्न पुस २५ गते दिउँसो ४ बजेको समय दिइएको छ। गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ जना सांसदको समर्थन चाहिन्छ । केन्द्रमा गठबन्धन भएअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत मिलेर नयाँ सरकार बनाउने सम्भावना छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);