पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिने

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कार्यालय स्थापनाका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए ।

१७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए ।

यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई १०–१० लाख आर्थिक सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव ल्याउन र त्यसका लागि आर्थिक प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको गरेको छ।

सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको पौडेलले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);