अएडी परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अएडी परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता गर्ने क्रममा असोज २३ गते राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए । भट्टराईले राष्ट्रिय सभाबाट राजीनामा दिएपछि उक्त सिट खाली भएको हो ।

यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई १०–१० लाख आर्थिक सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव ल्याउन र त्यसका लागि आर्थिक प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको गरेको छ। सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको पौडेलले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);