काठमाडौं, १० पुस । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाम दुई दिन भित्रमा सार्वजनिक हुने भएको छ ।
निर्वाचन आयोगले दुई दिनभित्रमा मत परिणाम सार्वजनिक गर्ने तयारी भएको जनाएको छ । मंसिर १० र २१ गते भएको निर्वाचनको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक नहुँदा र राष्ट्रिय सभा अध्यादेशको विवादले नयाँ सरकार गठन हुन सकेको छैन । प्रदेशसभाको समानुपातिकतर्फको मत परिणाम भने शुक्रवार सार्वजनिक भइसकेको छ ।