पर्साको ठोरी गाँउपालिकालाई ३ नम्बर प्रदेशमा गाभिने प्रचण्डको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्साको ठोरी गाँउपालिकालाई ३ नम्बर प्रदेशमा गाभिने प्रचण्डको भनाई

पर्सा, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पर्साको ठोरी गाँउपालिकालाई प्रदेश नम्बर ३ मा गाभिने बताएका छन् ।

ठोरी गाउँपालिकाले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा माओवादी अध्यक्ष दाहालले ठोरीलाई पहिले नै प्रदेश नम्बर ३ मा गाभ्ने सहमति भए पनि मधेस आन्दोलनका कारण रोकिएको बताए ।

ठोरीबासीले पनि पटक–पटक विभिन्न दलका नेतालाई भेटेर ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग राख्दै आएका थिए । ठोरी नयाँ बन्ने सरकारको पहिलो प्रथामिकतामा रहने अध्यक्ष दाहालको भनाइ छ ।

नेपाल–चीन–भारत अर्थात् त्रिदेशीय साझेदारीका लागि ठोरी–केरुङ मार्ग निकै महत्वपूर्ण रहेको भन्दै दाहालले यो मार्ग छिट्टै बन्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);