अर्थतन्त्र चलायमान बनाउन नयाँ सरकारको भुमिका के ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अर्थतन्त्र चलायमान बनाउन नयाँ सरकारको भुमिका के ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउण्टेन टेलिभिज एचडि ।

काठमाडौँ, पौष १४। खस्किएको अर्थतन्त्रलाई सुधारोन्मुख बनाउनु नयाँ सरकारका सामु चुनौती छ। उत्पादनमा कमी ,तरलताको अभाव ,राजस्व संकलनमा १९ प्रतिशतले कमीले सरकारलाई साधारण खर्च धान्न समेत धौ धौ हुने देखिएको छ। यस्तो अवस्थामा सुधारउन्मुख अर्थतन्त्रका लागि अबको सरकारले महत्वपूर्ण भुमिका खेल्नु पर्ने जानकारहरु बताउँछन् ।

कोभिडपछि धरासयी बनेको अर्थतन्त्रमा विद्युत खपत ३०–३५ प्रतिशत मात्र हुन थालेको छ । यसबाट उत्पादनमा कमी आएको देखिन्छ । उद्योगी तथा व्यापारीले आयाकरको किस्ता बुझाउन सक्ने क्षमता नहुँ सरकारलाई साधारण खर्च निकाल्न समेत हम्मे पर्ने निजि क्षेत्रको गुनासो छ । निजि क्षेत्रले चालु पुजी कर्जा मार्गनिर्देशन २ वर्षको लागि स्थगित गर्न, बैकंहरुको ब्याजदर घटाउन सरकारसगँ माग गरिसकेका छन् ।

हाल अर्थतन्त्रमा देखिएका तरलताको अभाव, विदेशी मुद्रा सञ्चितिमा कमी व्यापारमा संकुचन जस्ता कारणले उद्योग धरासायी जाने उनीहरुको भनाई छ । अहिलेको अवस्थामा व्यवसायीहरुलाई हौसला प्रदान गर्नुपर्ने अवस्थामा निराश बनाउने गतिविधि भइरहेको उद्योग वाणिज्य महासंघको आरोप छ । सरकारले साधारण खर्च घटाएर वा सकुंचन गरेरमात्र अर्थतन्त्र सुधारउन्मुख नहुने अर्थविदहरु बताउँछन् । यद्यपि खर्चलाई घटाउने सरकारको काम सराहनीय भएको उनीहरुको बुझाई छ । नेपालको अहिलेको अर्थतन्त्रलाई जोगाउन सरकारले अब अन्तराष्ट्रिय दातृ निकायबाट सुलभ ब्याजमा ऋण भित्राउने र विदेशी लगानीलाई प्रोत्साहन गर्न उनीहरु सुझाव दिन्छन् ।

नेपालको अर्थतन्त्रमा ५० प्रतिशत योगदान पु¥याइरहेका निजि क्षेत्रलाई निरुत्साहित बनाउने भन्दा पनि सरकारले केही मात्रामा उदारता देखाउन आवश्यक रहेको अर्थविदहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);