बैंकहरुमा लगानी योग्य पुजिको अभाव, तरलताले आर्थिक क्षेत्रमा कठिनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बैंकहरुमा लगानी योग्य पुजिको अभाव, तरलताले आर्थिक क्षेत्रमा कठिनाइ

bank

तेजना पण्डित, काठमाडौं, ६ मंसिर । पछिल्लो समय बैंकहरुमा लगानी योग्य पुजिको अभाव देखिएको छ । यसबाट बजारमा लगानीको क्षेत्रमा असर पर्न थालेको छ । बैंकहरुमा देखिएको तरलताको अभावले आर्थिक क्षेत्रमा कठिनाइ सृजना भएको सरोकारवालाहरु बताउँछन ।

बैंकमा भएको रकम आवस्यकता भएको बेला जुन निकाल्न सकिन्छ त्यसैलाइ बैंकिङ्ग तरलता भनिन्छ । बैंकहरुसँग आवश्यक रकम भए पनि लगानी योग्य रकम नहुँदा बैंकिक तरलता भएको देखिन्छ ।

बर्तमान समयमा बैंकहरुमा लगानी योग्य पुजिको समस्या भएको अर्थबिद्हरु बताउछन् । बैंकहरुले आफ्नो सम्पती र जम्मा भएको रकमको ८० प्रतिसत भन्दा बढि अर्थात सिसिडी रेसियो भन्दा बढी रकम लगानी गर्न नपाईने गरी राष्ट्रबैंकले तोकेको छ । नेपाल राष्ट्र बैंकले कुल लगानीको १० प्रतिसत कृषि क्षेत्रमा, जलश्रोत,पर्यटन तथा सिमान्तकृत बर्गमा पाँच प्रतिसत पुराउनै पर्ने व्यवस्था गरेको छ ।

तर, बर्तमान समयमाा घरजग्गा कारोबार,सवारी साधन, सेयर कारोबार,ओभरड्राफ्ट क्षेत्रमा अत्यधिक लगानी गरिंदा बैंकिक तरलता बढेको छ । बैंकमा लगानी गर्ने पुजिको अभाब हुनु, सरकारको खर्च प्रणालिमा कमी हुनु, दशै तिहार लगाएतका चाडपर्वमा भएको पैसा बैंकमा नजानु, बैंकको बचत भन्दा सेयर बजारमा आर्कषण बढि हुनु बैंकिङ्ग तरलताको कारण देखिन्छ ।

बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको अभावको प्रभाव ठुला व्यावसायिहरुदेखी लिएर सर्वसाधारणसम्म देखिएको छ ।

बैंकहरुले नेपाल राष्ट्र बैंकको लगानी निर्देशन मौद्रिक निती पालना गर्दै लगानिलाई पुनरावलोकन गर्नुपर्ने, लगानीलाई बढि जोड दिनुभन्दा लगानीको क्षेत्रलाई प्रभाबकारि बनाउन सक्नुपर्छ । व्याजमा प्रतिस्पर्धी बनाउदै बैंकमा रकम जम्मा गर्न सर्वसाधारण लगाएत व्यावसायीहरुलाई उत्साहित बनाउन सके बर्तमान समयमा देखिएको बैंकिग तरलताको अभाब कम गर्न सकिने पुर्व अर्थसचिब डा. शान्तराज सुबेदीको भनाई छ ।

लगानी बढ्न नसक्दा आर्थिक बृद्धि, रोजगारीका क्षेत्र लगायतमा प्रभाव पर्ने गर्दछ । त्यसैले बैंकिग क्षेत्रमा देखिएको तरलता अभाव कम गराउनको लागी तिनै तहका सरकारले लगानी गर्ने बाताबरण तयार पानुपर्ने देखिएको छ । तिनै तहका सरकारले आफ्नो बजेट खर्च बढाएमा, रेमिट्यान्सलाई औपचारीक क्षेत्रबाट ल्याउने नितीलाई कडाई गर्न सक्ने हो भने बैंकको तरलताको अभावलाई कम गर्न सकिन्छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले कर्जा पुँजी तथा निक्षेप बिचको ८० प्रतिशत रहेको सिसीडी रेसियोमा पुर्नावलोकन गरी बैंकहरुलाई उत्पादन क्षेत्रमा लगानी बढाउन निर्देशन दिनुपर्ने आवश्यक छ । यसो गर्न सके अवश्य पनी बैंकिग क्षेत्रमा देखिएको तरलता कम हुन गई देशको आर्थिक प्रणाली सुदृढ भई आर्थिक विकासले गति लिन सक्ने देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);