‘समयमा परिस्थितिको यथार्थ मूल्यांकन गर्न नसक्दा गठबन्धन टुट्यो’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

‘समयमा परिस्थितिको यथार्थ मूल्यांकन गर्न नसक्दा गठबन्धन टुट्यो’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य प्रकाशशरण महतले समयमा परिस्थितिको यथार्थ मूल्यांकन गर्न नसक्दा गठबन्धन टुटेको टीप्पणी गरेका छन् ।

बिहिबार माउण्टेन टेलिभिजनसँग बोल्दै उनले यस्तो टीप्पणी गरेका हुन् । यद्दपी यसो किन भयो भन्ने बारे आफुलाई प्रष्टरुपमा थाहा नभएको भन्दै केन्दीय समिति बैठकमा छलफल हुने बताएका छन् ।

‘गठबन्धनमा सहमति नभएमा प्रचण्डले अन्य विकल्प खोजेको उहाँहरुले मूल्यांकण गर्न सक्नुभएन की ? यसो भएकाले गठबन्धन टुट्ने अवस्था आयो की ? यसबारे उहाँले भन्नुभएको छैन् । केन्दीय समिति बैठकमा छलफल होला,’ उनले भने ।

साथै, उनले अहिलेको गठबन्धनको निश्चित लक्ष्य नरहेको बताउँदै सिद्धान्त र विचारमा आधारित नभएको आरोप लगाएका छन् । उनले अहिलेको गठबन्धनमा बिभिन्न रुप र रंगका पार्टी रहेको टीप्पणी गरेका छन् । महतले अहिलेको गठबन्धनको दिगोपनामाथि समेत प्रश्न उठाएका छन् । ‘उनीहरुको एउटै उदेश्य पद प्राप्ती हो । नो नट अगेन भनेर जनताबाट मत ल्याएर आएका पार्टीहरुले सत्ताका लागि सरकारमा आएको अवस्था छ । त्यसकारण अहिलेको गठबन्धनको दिगोपनामा प्रश्न उठाउने ठाँउ छ,’ उनले भने ।

महतले अहिलेको अवस्थामा कांग्रेसले हरेस खानुपर्ने अवस्था नरहेको भन्दै पार्टीलाई एक्लै चुनाव लड्न सक्ने अवस्थामा पुर्याउनुपर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);