काठमाडौंं । मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यले आउँदो पौष१५ गते पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
प्रदेश सभामा आज सोमवार बसेको सर्वदलीय बैठकले पौष १५ गते दिउँसो २ बजे शपथ ग्रहणका लागि समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।