गठबन्धनकै नेतृत्वमा सरकार बन्ने महराको ठोकुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गठबन्धनकै नेतृत्वमा सरकार बन्ने महराको ठोकुवा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नयाँ सरकार गठबन्धन दलकै नेतृत्वमा बन्ने बताएका छन् । बाँकेमा शनिबार पत्रकारसँग कुराकानी गर्दै महराले यस्तो बताएका हुन् ।

सरकार निर्माणबारे आवश्यक छलफल भइरहेकोे पनि महराले बताए । उनले भने,‘सरकार गठनका विषयमा सबै दलसँग पार्टीले छलफल अघि बढाइरहेको छ । हाम्रो माग अनुसारको सरकार बनाउन काम गरिरहेका छौं ।’

माओवादी प्रवक्ता समेत रहेका महराले एमाले महासचिव शंकर पोखरेल, एकिकृत समाजवादीका नेताहरु, बाबुराम भट्टराई,नेत्रविक्रम चन्द, मोहनविक्रम सिंह, धर्मेन्द्र बास्तोलालगातसँग समेत छलफल भइरहेको सुनाए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);