सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय आज सकिदै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय आज सकिदै

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आज सकिँदैछ । नयाँ सरकार गठनसँगै प्रमुख दलका नेताहरूको ध्यान पावर सेयरिङका विषयतिर गएको छ । दलहरूबीच सरकार गठन र शक्ति समिकरणमा कुरा मिल्न सकेको छैन् । शनिबार बसेको सत्ता गठबन्धनको बैठक निष्कर्सविहिन भएको छ । बैठक पुनः आज बस्ने भएको छ ।

नयाँ सरकार गठन भएपछि मात्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । त्यसैले पुस अन्तिम वा माघ पहिलो सातातिर देशले नयाँ राष्ट्रपति पाउने देखिन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल २९ फागुनमा सकिँदैछ । तर, त्यसअघि नै संसद्ले नयाँ राष्ट्रपति चुन्न सक्ने परिस्थिति देखिएको छ ।

संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुने क्रममा भण्डारीले ३९ हजार २७५ मत प्राप्त गरेकी थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत पाएकी थिइन् । भण्डारीलाई एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार बनाएका थिए ।

राष्ट्रपतिका लागि प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९ जना मतदाताले भोट हालेका थिए । त्यसबेला कुल ८८४ मतदातामध्ये ८७९ जना मात्रै सहभागी भएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको थियो । ८७९ जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ।

यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । सरकार बनाउन अहिलेको सत्ता गठबन्धनसँग बहुमत पुग्दैन । त्यसैले सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सामेल हुने देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा पनि सरकारमा सामेल हुने मनस्थितिमा देखिएकाले पावर सेयरिङको विषय निकै पेचिलो बनिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);