कोरोनाको जोखिम बढेको भन्दै सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

कोरोनाको जोखिम बढेको भन्दै सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि छिमेकी राष्ट्रलगायतका केही देशमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन अनुरोध गरेको छ ।

मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।

Leave a Reply