कागेश्वरी ६ को सडक विगत ८ वर्षदेखि पिच नहुँदा स्वास्थ्य जोखिम बढ्यो ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

कागेश्वरी ६ को सडक विगत ८ वर्षदेखि पिच नहुँदा स्वास्थ्य जोखिम बढ्यो ( भिडियो रिपोर्ट )

 विद्या तामाङ \ माउण्टेन टेलिभिजन एचडि।

काठमाडौँ पौष ०८ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा पर्ने सडक खण्ड पिच नहुदाँ जनताले सास्ती खेप्नुपरेको छ। कहिले हिलो त कहिले धुलोले जनस्वास्थ्यमाथि असर मात्र परेको छैन दुर्घटनासमेत बढेका छन् । सडक विभागअन्र्तगत सडक विस्तार आयोजनाले विरुवा कन्स्ट्रक्सन कम्पनी, जेबी लगायतलाई ठेक्काको जिम्मा दिएपनि काममा वर्षौं ढिलाई भइरहेको छ।

सडक निर्माण ७ वर्ष पुग्न लाग्दा पनि पीच हुन सकेको छैन । यी ठेक्काको जिम्मा पाएको कम्पनीले पटक पटक म्याद थप गरेपनि हालसम्म सडक पिच हुन नसकेको हो । स्थानिय सरकारले पहल गर्न नसक्दा सडकखण्ड हालसम्म पिच हुन नसकेको स्थानियहरु गुनासो गर्छन् । यसको प्रत्यक्ष मारमा बालबालिका, पैदलयात्री र सवारी साधन परिरहेको भन्दै आक्रोश पोख्छन् ।

यता सडक पिच नहुनमा स्थानीयले नै अवरोध गर्ने गरेको जनप्रतिनिधिहरु बताउँछन् । केही स्थानीयले मुआब्जा र क्षतिपूर्ति लिए पनि घरको बार बारेर बसेको कागेश्वरी मनहरा नगरपालिकाको भनाई छ।अर्कातिर केन्द्रीय सरकारको आयोजना भएकाले पनि ठेकेदार कम्पनीले ढिलाई गरेको कागेश्वरी मनहरा नगरपालिका वडा न ६ का अध्यक्ष प्रकाश फुयाँल बताउनुहुन्छ, आयोजना विस्तारमा केही स्थानियवासीको अवरोध, ठेकेदार कम्पनीको आनाकानी, सरकारको बेवास्ताको कारण भएको ढिलाईको मारमा स्थानीय जनता परेका छन् । सडक सबैका लागि हो र निर्माणको दायित्व सबैको हो भन्ने भावना विकास नभएसम्म यस्ता समस्या देखिइरहन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);