ठण्डी बढे संगै न्यानो कपडाको अभावले मृत्यु हुनेको संख्यामा पनि वृद्धि ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ठण्डी बढे संगै न्यानो कपडाको अभावले मृत्यु हुनेको संख्यामा पनि वृद्धि ( भिडियो रिपोर्ट )

उषा काफ्ले  \ माउन्टेन टेलिभिजन एचडी । 

काठमाडौँ पौष ०८ । जाडो महिना सुरु भएसँगै तराई–मधेशका जिल्लाहरुमा विहानैबाट बाक्लो हुस्सु लाग्न सुरु भएको छ , शितलरको प्रभाव बढ्दो छ। जसका कारण मानिसहरु कठ्यांग्रिदो जाडो खप्न वाध्य छन् । घरायसी काम बस्तु भाउको धन्दा र घास, दाउराका साथै खेतिपातिको काम गर्नेहरु चीसो बढेकाले गाह्रो भएको गुनासो गर्न लागेका छन् । परिवारको संख्या धेरै र आर्थिक अवस्था कमजोर भएकाले चीसो खप्न बाध्य भएको गुनासो गर्न थालेका छन् । जाडोमा मंसिर अन्तिम सातातिर बाट बाक्लो हुस्सु लाग्न सुरु भएको सर्लाहीका स्थानीयवासीले बताएका छन् ।

केही दिन देखिको लगातारको हुस्सुका कारण दैनिक जीवनमा समेत प्रभाव परेको छ। उत्तरी भेगमा विहान केहीबेर घाम देखिए पनि फेरि बाक्लो हुस्सु लाग्ने गरेको छ। कठ्याङ्ग्रिदो चीसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, डुम, चमारजस्ता अति विपन्न तथा दलित अनि मजदुर परिवार प्रभावित बनेका छन् । न्यानो कपडाको अभावका साथै चिसोले कठ्याङ्ग्रिएर जिल्लामा मानिसको मृत्यु समेत भइरहेको छ। सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा दुई जना मुसहरको ज्यान गएको छ।

हरिपुर नगरपालिका–९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका–६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चीसोले कठ्यांग्रिएर ज्यान गएको हो । पिडारीका रमेश माझी मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकोमा त्यहीँ चिसोले कठ्यांग्रिएर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । स्थानीयवासीलाई चीसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले बेवास्ता गरेको स्थानियहरुको गुनासो छ। चीसोले मानिहरुको मृत्यु भइरहँदा राज्यका जिम्मेवार निकाय गम्भीर नबने हो भने धेरैको ज्यान जोखिममा पर्न सक्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);